एजेन्सी – इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका लेजेन्ड पुर्व गोलरक्षक पिटर फिलिप बोनेट्टीको निधन भएको छ । बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको हो ।
‘दि क्याट’को उपनाम पाएका पिटर लामो समयदेखि रोगसँग लडिरहेका थिए । चेल्सीबाट सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका बोनेट्टीले दुई पटकमा चेल्सीबाट ७२९ खेल खेलेका थिए । चेल्सीका अर्का लेजेन्ड रोन ह्यारिसले चेल्सीबाट सबैभन्दा धेरै खेल खेलेका छन् ।
बोनेट्टी चेल्सीबाट सबैभन्दा बढी क्लिन सिट राख्ने गोलरक्षक हुन् । तर, २०१४ मा चेकरिपब्लिकका भेट्रान गोलरक्षक पिटर चेकले २०१४ मा सर्वाधिक क्लिन सिट राख्ने कीर्तिमानलाई बराबरी गरेका थिए ।

बोनेट्टीेले १९६० देखि ७५ सम्म चेल्सीमा बिताएका थिए । त्यसपछि अर्काे एक सिजन चेल्सी छाडेका उनी पुन चेल्सीमै अनुबन्धित भएर १९७६ देखि १९७९ सम्म खेलेका थिए । उनले सेन्ट लोइस स्टार्स, डुन्डी र वर्किङ एफसीबाट खेलेका थिए । बोनेट्टीले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७ खेल खेलेका बोनेट १९६६ मा विश्वकप विजेता टोलीको दोस्रो रोजाईका गोलकिपर रहेका थिए ।
बोनेट्टीले चेल्सीलाई १९६२/६३ र ७६/७७ मा शीर्ष डिभिजनमा बढुवा गर्न महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै उनले चेल्सीबाट लिग कप, एफए कप, युइएफए कप विनर्स कपसँगै एफए युथ कप जितेका थिए । उनको निधनप्रति उनको पुर्व क्लब चेल्सीसँगै इंग्ल्यान्ड र फुटबल खेलाडीहरुले समवेदना पनि प्रकट गरेका छन् ।hamrokhelkud/from




