स्वास्थ्य

कोरोना अपडेट : मृतकको संख्या १ लाख ७० हजार माथि

कोरोना अपडेट : मृतकको संख्या १ लाख ७० हजार माथि

एजेन्सी– कोरोना भाइरसका संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गत डिसेम्बरको अन्तिम साताबाट सुरु भएको यो भाइरसले सबैभन्दा बढी प्रभाव अमेरिकामा पुर्‍याएको छ। अमेरिकामा ७ लाख ८४ हजार ५ सय ९९ जना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढीको मृत्यु भएको छ।

अर्को बढी प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या २ लाख नाघेको छ भने २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। यस्तै, इटालीमा १ लाख ८१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने २४ हजार १ सय २४ जनाको मृत्यु भएको छ।

यूरोपका केही देशहरूमा लकडाउनलाई केही खुकुलो बनाइएको छ। डेनमार्क‚ जर्मनी‚ र चेक रिपब्लिकमा केही पसलहरू खोल्नका लागि अनुमति दिइएको छ। नर्वेमा बच्चाहरू किन्डर गार्टेनमा फर्कन थालिसकेका छन्।

भारतमा हटस्पट क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाई व्यापारिक गतिविधी गर्नका लागि अनुमति दिइएको छ। यसअन्तर्गत कृषि कार्य‚ सरकारी काम‚ बैंक र कार्गो ट्रान्सपोर्टको काम हुने बताइएको छ।

फ्रान्स र स्पेनले केही राहत नदिने घोषणा गरेका छन्।

बेलायत सरकारको आपतकालीन आर्थिक सेवाको सुरूवात हुने भएको छ‚ जसको लक्ष्य कोभिड-१९ का कारण जागिर गुमेकाहरूलाई सहायता दिनु हो।

चीनले चीनको ग्रेटवालसँग जोडिएका क्षेत्रबाहेक सबै पर्यटकीय क्षेत्र खुल्ला गरेको छ।

अमेरिकी तेलको मूल्य २१ वर्षयता सबैभन्दा तल झरेको छ।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button