खेलकुद

ओजिलले तलब कटौती प्रस्ताव नकारे

एजेन्सी – इंग्लिस क्लब आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले क्लबले राखेको तलब कटौतीको प्रस्तावलाई नकारेका छन् । क्लबले सबै खेलाडीलाई तलबको १२.५ प्रतिशत तलब कटाउने प्रस्ताव राखेको थियो ।

ओजिल आर्सनलमा सर्वाधिक कमाउने खेलाडी हुन् । उनको हाल तलब ३ लाख ५० हजार पाउण्ड (५ करोड २८ लाख नेपाली रुपैयाँ) प्रति साता रहेको छ । ओजिलसँगै क्लबका अन्य तीन खेलाडीले पनि तलब कटौतीमा सहमति जनाएका छैनन् । प्रशिक्षक मिकेल आर्टेटाकै आग्रहमा अन्य खेलाडीहरुले भने कटौतीका लागि राजी भएका थिए ।

कोरोना संक्रमणका कारण क्लबहरुमा आर्थिक संकट आएसँगै खेलाडीहरुबाट तलब कटौती गर्ने प्रस्ताव चल्दै आएको छ । इंग्ल्यान्डको व्यावसायिक फुटबलर संघ (पीएफए) ले भने खेलाडीहरुले तलब कटौती गर्नेभन्दा तलब स्थगित गर्नु उचित निर्णय हुने बताएको छ । कतिपय क्लबले खेलाडीहरुको तलब स्थगित पनि गरिसकेका छन् ।

ओजिलका एजेन्ट डाक्टर एर्कुत सोगुतका अनुसार क्लबको आर्थिक अवस्था के छ भन्ने अहिले निर्क्यौल भइसकेको छैन । क्लबले केहि महिनापछि भएपनि नाफा कमाउन सक्ने अवस्था छ । ‘ क्लबले अहिले नै खेलाडीको तलब कटाउनु उचित हुँदैन । क्लबको आम्दानीको स्रोत अहिले बन्द भएको होला तर समग्रमा क्लबले नाफा कमाउँछ नै । खेलाडीहरुले बरु तलब स्थगित गर्नु उचित होला,’ उनले भने ।

ओजिलको यो निर्णयले समर्थकहरु पनि विभाजित भएका छन् । ओजिल यसअघि सामाजिक कार्यमा आबद्ध भइरहने खेलाडीमा पर्छन् । केहि समयअघि मात्र उनले फरक क्षमताका केहि समर्थकलाई आफ्नै खर्चमा खेल हेर्न लगेका थिए । उनले गतवर्ष पनि एक हजार भन्दा बढी मानिसको शल्यक्रिया तथा लाख भन्दा बढी शरणार्थीलाई सिरिया र टर्कीमा गासबासको व्यवस्था गरेका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button