खेलकुद

नेयमार बार्सिलोना फर्किए आधा कमाई घट्ने

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहेको खण्डमा उनले वर्षको ५२ मिलियन युरो बार्षिक रुपमा कामाउन सक्नेछन् । तर यदि उनी अर्को सिजनमा पुरानै क्लब बार्सिलोनामा फर्किए भने त्यो भन्दा आधा आम्दानीमा चित्त बुझाउनुपर्ने बताइएको छ ।

उनी बार्सिलोना फर्किएको खण्डमा बार्षिक २० मिलियन भन्दा केहि बढी मात्र कमाउने छन् । नेयमारले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा बार्सिलोना छाडेर पिएसजीको यात्रा तय गरेका थिए । उनी फरि बार्सिलोना फर्कन चाहेको बताइएको छ ।

कतिपय सञ्चारमाध्यमका अनुसार क्लब र उनीबीच व्यक्तिगत सम्झौता भइसकेको छ । नेयमारले आउने सिजन पिएसजी छाड्ने सम्भावना रहेको उल्लेख गरिएको छ । उनका लागि पनि यो मौका अन्तिम हुन सक्ने अनुमान छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ नेयमारका प्रशंसक हुन् । उनको कार्यकाल अर्को वर्ष सकिदैछ ।

क्लबका नयाँ अध्यक्ष आएको अवस्थामा नेयमार प्राथमिकता नपर्न पनि सक्छन् । बार्सिलोनाका सुपरस्टार लियोन मस्सीको सन्यासपछि क्लबले त्यसपछिको स्टारका रुपमा नेयमार हुन सक्ने अनुमान गरेको छ । मेस्सी भन्दा नेयमार ५ वर्ष कान्छा छन् । त्यस कारण पनि उनी बार्सिलोनाको रोजाईमा परेको बताइएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button