खबरभिडियो चौतारी

लकडाउनमा मेची पुल

लकडाउनमा मेची पुल
मेचीनगर । कोरोनो भाइरस संक्रमणको नियन्त्रण र रोकथामका लागि सरकारले लागू गरेको लकडाउन पूर्वी नेपालको नाका काँकरभिट्टा क्षेत्रमा अधिकांश रुपमा पालना गरिएको देखिन्छ । लकडाउनलाई प्रभावकारी रुपमा पालना गराउन मुख्य गरेर काँकरभिट्टा प्रहरी सकृयताका साथ लागेको देखिन्छ । लकडाउन हाम्रै लागि हो भन्ने सचेतना नागरिकमा भएका कारण पनि यस क्षेत्रमा एकाध बाहेक लकडाउनलाई बेवास्ता गर्ने पाईएको छैन । आज हामीले पूर्वी नेपालको नाकाको नदीका रुपमा रहेको मेची पुलको अवस्थालाई देखाउने प्रयास गरेकाछौँ । सरकारले घोषण गरे देखिनै नेपाल भारत सीमा प्रबेशको नदी मेची पुल पूर्णरुपमा बन्द रहेको छ । सशस्त्र र जनपद प्रहरीको कडा निगरानी रहेको मेची पुल सुनसान रहेको देखिन्छ । आज बैशाख १२ गते करिब ४ बजेको आसपासमा हामीले यो दृश्यलाई कैद गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button