खेलकुद

आर्सनलसँग चेल्सीको लज्जास्पद हार

आइतवार, पुस १२, २०७७

एजेन्सी – लन्डन डर्वीमा चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले हराएको हो ।

प्रिमियर लिगमा आर्सनलको यो दुई खेलपछिको जित हो । यो जितसँगै आर्सनलले राहतको सास फेरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे । ट्याम्मी अब्राहमको गोल सान्त्वना बन्यो ।

यो जितसँगै आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा उक्लदा चेल्सी १५ खेलबाट २५ अंक जोडेर सातौ स्थानमा रहेको छ । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button