मूल खबर

मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१२ पौष २०७७
चौतारी पोष्ट अनलाइन

झापा । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको  । प्रदेश सभाको संसद सचिवालयमा अविश्वासको प्रस्ताव आज दर्ता भएको हो ।

प्रचण्ड नेपाल पक्षले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडी सारेका छन् ।त्यसका लागि निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक, लक्ष्मण तिवारी समर्थक रहेका छन् । अविश्वासको प्रस्तावमा ३७ जना संसदहरुले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button