खबर

प्रचण्डसँग मोहन विक्रमको प्रस्तावः ओलीविरुद्ध मिलेर लडौं

जनादेश  ।

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद विघटन गरेर निरंकुसताको बाटोमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मिलेर लड्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका छन् ।

असंबैधानिक कदमविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने मोहन विक्रमको प्रस्ताव छ । बिहीबार प्रचण्ड निवास खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन्।

महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न बिहबिार दिउँसो मेडिसिटी अस्पताल पुगेको थिए । सीताको डिस्चार्ज भइसकेपछि उनकै निवासमा पुगेर भेट गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रचण्डको सचिवालयले पनि सिंहले दाहालको स्वास्थ्य अवास्था बुझ्नुका साथै प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताएको छ।

महामन्त्री सिंह अध्यक्ष प्रचण्डका कट्टर आलोचक मानिँदै आएका थिए । सिंह नेतृत्वको मसालले पछिल्लो समय केपी शर्मा ओलीले उठाएको राष्ट्रवादको मुद्दालाई साथ दिँदै आएको थियो ।

तर ओलीले संसद विघटन गरेर अघि बढेपछि भने मसाल विच्किएको छ । मोहन विक्रम अन्ततः प्रचण्ड कित्तामा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button