स्वास्थ्य

आज थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि

१८ पुष २०७७

चौतारी पोष्ट अनलाइन, काठमाडौं ।

आज थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जना ७५०जना कोरोनामुक्त भएर घर फर्किएका छन् । प्राप्त पछिल्ले जानकारी अनुसार अहिले सम्म देशभर कोरोना संक्रमितको कूल संख्या संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ। हालसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना निको भएका छन् ।

बितेको २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संख्यासंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button