खबर

राप्रपा मेचीनगर ९ को वडा समिति गठन, अध्यक्षमा पोध्दार

९माघ २०७७
मेचीनगर । राप्रपा मेचीनगर ९ को वडा समिति गठन भएको छ । राप्रपा मेचीनगरका सभापति शुशील आचार्यका अनुसार शुक्रवार भएको वडा भेलाले समिति गठन गरेको हो । नव गठित समितिको अध्यक्षमा राजुकुमार पोध्दार अध्यक्ष,हरि चापागाँई सचिव सहित २१ सदस्यीय समिति गठन भएको छ ।


मेचीनगर सभापति शुशील आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अतिथिको रुपमा अस्मिता खरेल, सुनिता शर्मा लगायतका राप्रपा मेचीनगरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११ जना राप्रपामा प्रवेश गरेको सभापति आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button