
माघ १३, २०७७
एजेन्सी – प्रिमियर लिग क्लब टोटेनह हस्टपर एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब वेकम्व वान्डरर्समाथि ४–१ को पूनरागमन जित निकाल्दै टोटेनहमले प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो ।
टोटेनहमको जितमा टांगी एनडोम्वेलेले दुई तथा ग्यारेथ बेल र ह्यारी विङ्सले समान एक गोल गरे । वेकम्वका फ्रेड वनीडिन्माले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदानमा फ्रेड वनीडिन्माको गोलमा वेकम्वका अग्रता लिएको थियो ।
४५औं मिनेटमा ग्यारेथ बेलले लुकास मोउराको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी रहँदा तीन गोल गर्दै टोटेनहमले फराकिलो जित निकाल्न सफल भयो । ८६औं मिनेटमा ह्यारी विङ्सले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए ।
त्यसको एक मिनेटपछि नै टांगी एनडोम्वेले ह्युङ मिन सनको पासमा गोल गर्दै टोटेनहमलाई जिततर्फ अघि बढाए । ९०औं मिनेटमा टांगी एनडोम्वेले पिएरे इमिल होब्जजर्गको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए ।
अब टोटेनहमले क्वाटरफाइनल प्रवेशका लागि एभर्टनको सामना गर्नेछ । एभर्टनले सेफिल्ड वेनस्डेमाथि ३–० को जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थन बनाएको थियो । क्वाटरफाइनलका खेलहरु ११ फेब्रुअरीमा हुनेछ ।hamrokhelkud/from



