खेलकुद

वेल्समाथि बेल्जियमको पूनरागमन जित

चैत १२, २०७७

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा बेल्जियमले वेल्समाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो ।

बेल्जियमको जितमा केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे । वेल्सका ह्यारी विल्सनको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा कप्तान ग्यारेथ बेलको पासमा ह्यारी विल्सनले गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाएका थिए । तर वेल्सको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा थोर्गन हाजार्डको पासमा केभिन डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए ।

२८औं मिनेटमा थोमस म्युनियरको पासमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ७३औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल थप्दै बेल्जियमको जित पक्का गरे ।

केभिन डि ब्रुयनको क्रसलाई ड्रिएस मेर्टिन्सले प्रहार गर्न खोज्दा मेफामले फल गर्न पुगेपछि बेल्जियमले पेनाल्टी पाएको थियो । जसलाई लुकाकुले चुकाएन् । जितपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ । पराजित वेल्सले अंक जोड्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले इस्टोनियामाथि ६–२ को सानदार पूनरागमन जित हात पारेको छ । चेकको सानदार जितमा थोमस सौसेकले ह्याट्रिक पुरा गर्दा प्याट्रिक चिक, एन्टोनिन बाराक र जाकुव जान्कटुले समान एक गोल गरे । घरेलु टोली इस्टोनियाका राउने सापिनेन र हेन्री एनिएरले गोल फर्काए ।

जितपछि चेक ३ अंक जोडेर समुूह ‘ई’ मा शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि बेल्जियम दोस्रो स्थानमा रहेको छ । अंकविहीन वेल्स तेस्रो तथा इस्टोनिया पुछारमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button