
चैत १७, २०७७
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले भारतमाथि सानलार जित निकालेको छ । युएईले भारतमाथि ६–० को फराकिलो सजत निकालेको हो ।
जाविल स्टेडियम दुवईमा सोमबार राति भएको खेलमा युएइको जितमा अली अहमद मवखुथटले ह्याट्रिक पुरा गर्दा खालिल इब्राहिम अल हम्मादी, फावियो लिमा र सेवास्टिन ट्याग्लियावुइेल समान एक गोल गरे । एकपक्षीय खेलमा युएईले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो ।
खेलको १२औं मिनेटमा अली अहमदे गोल गर्दै युएईलाई १–० ले अघि बढाए । ३२औं मिनेटमा अली अहमदले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे । पहिलो हाफमा २–० मा रोकेको भारतले दोस्रो हाफमा युएईको आक्रमणलाई रोक्न नसक्दा चार गोल बेहोरेको थियो । ६१औं मिनेटमा अली अहमदले गोल गर्दै ह्याट्रिक पुरा गरे ।
६५औं मिनेटमा खालिल इब्राहिमले गोल गर्दा युएई ४–० ले अघि बढ्यो । ७२औं मिनेटमा फावियो लिमाले गोल गर्दै युएईलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८५औं मिनेटमा सेवास्टिनले गोल गर्दै युएईलाई ६–० को सानदार जित दिलाए ।hamrokhelkud/from



