
२८ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । रोटरी क्लब अफ काँकरभिट्टाको संयोजनमा मेचीनगर ६ वडाको आयोजना तथा स्थानीय गैरसरकारी संघ संस्थाको सहभागितामा काँकरभिट्टामा ‘नेपाल मास्क अभियान’ र्याली गरिएको छ ।
काँकरभिट्टा बसपार्कबाट तपाईको मास्क खोई हजुर ? जानी जानी लापरवाही नगरौं, सक्रमणको रोकथामआफैबाट शुरु गरौ, एकआपसमा दुरी कायम राखौ, भाइरससँग मिलेर लडौलगायतका प्लेकार्ड र व्यानरसहितको र्याली बाहुनडाँगी रोड, भट्टराई चोकलगायत काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो ।

सो अवसरमा नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको थियो । मेचीनगर वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङले स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्नका लागि हरेक नगरवासीलाई आग्रह गरे । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गरेकाले र अभियान सफलरुपमा सम्पन्न भएको बताए । कोरोना महामारी नियन्त्रणका लागि सम्पूणर् नागरिक जिम्मेवार रहनुपर्ने रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीले बताए ।



