
कविता
सम्बन्ध असिनाजस्तो हुनुहुँदैन
बर्सिएपछि सकिने
सम्बन्ध त वायुजस्तो हुनुपर्छ
शान्त भएर सदैव
आफ्नै वरिपरि रहिरहने
अनि
समय ,भरोसा ,विश्वास र सम्मान
यस्तो पन्छी रहेछ
जुन उडेपछि
कहिल्यै फिर्ता आउँदोरहेनछ
तर ,
बिहानीको लालिमासँगै
उदाएको सूर्यको किरण
र, अन्तरमनबाट पलाएको आशाले
सबै अन्धकारहरूलाई हटाइदिदोरहेछ
२०७८,४,२९


