
गजल
देश उठाउँने बहानामा झार्न लाग्यौकि
मलम पट्टि गर्ने भन्दै मार्न लाग्यौ कि
हत्या, हिंसा अपहरण भए देशमा कति
आयोग गठन भयो भन्दै टार्न लाग्यौकि
मुखरस कति मिठो जोसुकै मुग्द्ध पार्ने
साँचो हातमा पर्दा संसार चार्न लाग्यौकि
गोर्खालीको देश हाम्रो पछि ,पछि सर्दै
सिमारेखा भुल्दै भुल्दै हार्न लाग्यौकि
जनता धेरै आशा गर्छन समृद्धिको झनै
ऋणको भारि बोकाई तल पार्न लाग्यौकि
सु न पा ३
इलाम


