मूल खबर

नेता सिटौलाले भने—‘तोकिएकै मितिमा महाधिवेशन गर्नु पर्छ’

११ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको चौधौं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएकाछन ।
शहीद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानद्वारा आयोजित उनकैशालिक शिलान्यास कार्यक्रमलाई शालिक शिलान्यास पश्चात प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले भने—‘साउनमा चुनाव हुन नसकेपछि स्थानीय चुनाव पछि मात्र महाधिवेशन गरौं भन्ने आफ्नो मत तापनि केन्द्रीय समितिमा राखेपनि अब महाधिवेशन गर्नुको बिकल्प रहेन’ ।


सिटौलाले   मुलुकमा विभिन्न कालखण्डमा अनेक प्रकारका राजनीतिक परिवर्तन भएपनि नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन नभएको टिप्पणी गर्दौ सिटौलाले राजनीतिमा नैतिकता र इमान्दिारिताको खडेरी पर्दा निष्ठावान र दूःख गरेका कार्यकर्ता र जनताको मन दुखेको पनि बताए ।
शुक्रबार झापाको मेचीनगरस्थित बाहुनडाँगीमा आयोजित कार्यक्रममा बोल्दैं पूर्व उपप्रधान तथा गृह मन्त्री समेत रहेका सिटौलाले अब हरेक व्यक्तिमा संस्कार, आचारण,बानी व्यहोरामा परिवर्तनको खाचो भएको समेतऔल्याएका थिए। लामो संघर्ष र वीर शहीदहरुको बलिदानीबाट यो मुलुकको राजनीतिक परिवर्तन भएको स्पष्ट पादैं नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौलाले सघर्षको सफलता पछि देशमा परिवर्तन भए पनि नेतृत्व गर्ने व्यक्तिहरुको आचारण र संस्कारमा परिवर्तन नभएकै कारण यो मुलुक र मुलुकवासीले अनेक खालका समस्या व्यहोर्नु परेको उनले बताए ।
सिटौलाले हिजो राज्य परिवर्तनका लागि सघर्षमा उत्रिनेहरुलाई दलबाट बाहिर राख्ने प्रवृतिले हरेक शहिद परिवारमा निराशा पैदा भएको उनको आरोप छ । अहिले हरेक रजनीतिक दलमा धनाढ्य व्यक्तिहरुको हालीमुहाली चल्ने र यसले गर्दा पार्टीका लागि सर्वस्व दिने कार्यकर्ताहरुमा नैराश्य पैदा हुने नेता सिटौलाको भनाई छ । यसकारण पनि राजनीतिक परिवर्तन भए झै हरेक व्यक्तिहरुले इमान्दारपुर्वक संस्कार र आचरणमा पनि परिवर्त गर्नुपर्नेमा सिटौलाले जोड दिएका थिए ।
पार्टीको १४ औं महाधिवेशनका बारेमा बोल्दैं नेता सिटौलाले पार्टीभित्र अनेक खालका विवाद भए पनि महाधिवेशनको विकल्प नरहेको बताए । नेपाली काँग्रेसभित्रको विवाद आफ्नै घरभित्रको आन्तरिक झगडा भएकाले यसलाई मिलाएर अघि बढ्न उनको जोड थियो ।
पार्टीका नेता र कार्यकर्तालाई चिढ्यिाएर पार्टी मजवुत नहुने भन्दैं उहाँले अब पार्टीले हरेक क्षेत्रका विभिन्न विधाका मानिसलाई समेट्नुपर्नेमा जोड दिएका थिए । अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकारले भए पनि नेपाली जनताले खासै ठूलो अपेक्षा नराखेको भन्दैं नेकपा एमाले नेतृत्वमा रहेको सरकारको भन्दा यो सरकारले फरक काम गरेर जनतालाई सरकार छ भन्ने अनुभूति गराउनु महत्वपूर्ण काम रहेको उनको भनाई थियो । अहिलेको सरकारले आम नागरिकका लागि कोभिड विरुद्घको खोप सहजरुपमा उपलब्ध गराउनु, अस्पतालमा औषधि, वेड, आइसियू, भेन्टिलेटर अक्सिजन सजिलै उपलब्ध गराउनु नै मुख्य काम रहेको बताए ।


सिटौलाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले आफ्नै नेतृत्वमा चुनाव गराउने सोच बनाएको र धाँदली गरेर, बुथ कब्जा गरेर निर्वाचनको परिणाम आफ्नै पक्षमा पार्ने सपना देखे पनि त्यो पुरा नभएको भन्दैं नेपाली काँग्रेस नेतृत्वको सरकारले कम से कम चुनाव गराउन सफल बनोस बनेर उनले शुभकामना समेत दिएका थिए । कम्यूनिष्टहरुले चुनावताका एउटा कुरा गर्ने र नेतृत्व हात पारेपछि अर्के कुरा कम्युनिष्टको गतिविधि र गर्ने परिपाटीले नेपाली जनता आजित भइसकेको भन्दैं अब काँग्रेसले जे बोल्छ त्यही गरेर देखाउने वेला आएको उनले बताए ।
नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले राण , राजा, पञ्च र कम्युनिष्टले हत्या गरेर मास्न नसकेको काँग्रेस कसैले मासेर नमासिने बताउँदै कम्युनिष्टको ढाँट, छलकपट र फोहोरी राजनीतिबाट दिक्क भएका जनताले काँग्रेसलाई खोजीरहेको बताए ।
बिगतका कमी कमजोरीलाई सच्याएर नेपाली काँग्रेसले आधुनिक र सभ्य ढङ्गमा राज्य सञ्चालन गरेर जनताको मत र मत जित्ने दावी गर्नुभयो । राष्ट्रिय राजनीतिमा कृष्णप्रसाद सिटौलालाई सभापति, प्रधानमन्त्रीमा समेत समर्थन गर्दै सिटौलापछि त्यो उचाई लिन झापाबाट आफू तयार रहेको पनि शर्माले बताए।


केन्द्रीय राजनीतिमा प्रवक्तबाट रिटायर्ड हुन आफू काठमाण्डौ नगएको स्पष्प पार्दै महामन्त्री आफ्नो उम्मेद्वारी पर्ने संकेत गरेका थिए । उचित समय आएपछि आफ्रले उम्मेद्वारी घोषणा गर्ने पनि प्रवक्ता शर्माले बताए ।
२०१९ सालका बीर शहीद बिश्वनथा घिमिरेको योगदानको चर्चा गर्दै धेरैको त्याग, बलिदान र संघर्षबाट यो पार्टी निर्माण भएको हुँदा संघर्षशील र इमान्दार कार्यकर्ताहरुको उचित मूलंकन हुनुपर्नेमा उहाँले जोड दिएका थिए।
शहीद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष, झापा काँग्रेस उपसभापति राम कट्टेलको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्या एवं पूर्व राज्यमन्त्री सरिता प्रसाई, नेपाली काँग्रेस झापा सभापति उद्वव थापा, मेची नगरपालिकाका मेयर बिमल आचार्य, नेकाा १ नं। क्षेत्रीय सभापति मणि उप्रेती, शहीदपुत्र भगीरथ घिमिरे लगायतले शहीदहरुको सम्झना र सममानले भावी पुस्तालाई उर्जा भर्ने बिचार ब्यक्त गरका थिए ।
निरज घिमिरेले सञ्चालनगरेको सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नविन बरालले स्वागत मन्तब्य राखेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button