मूल खबर

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । मंगलबार सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनलाई प्रधानमन्त्री देउवाले मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का आजै संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबार न्युयोर्क जाने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button