स्वास्थ्य

भारतमा ओमिक्रोन तिब्र रुपमा फैलिँदै, एकै दिन १७ जनामा संक्रमण

२० मंसिर २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भरियन्ट एकै दिन १७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा ९ र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ ।

भारतमा दक्षिण कोरियाबाट फर्केका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button