
मेचीनगर । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले आज मध्य रातिदेखि लागु हुनेगरी सभा समारोह, आमसभा, जुलुस र भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८÷०९÷३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी विज्ञप्ति








