एजेन्सी – इंग्लिस क्लब एभर्टनका फरवार्ड जोश सलोमोन रोन्डोनको ह्याट्रिक सहयोगमा भेनेजुएलाले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा सानदार जित निकालेको छ ।
भेनेजुएलाले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बोलिभियालाई ४–१ को भारी अन्तरले पराजित गरेको हो । एक गोल डार्विन माचिसले गर्दा बोलिभियाका ब्रुनो मिरान्डाले एक गोल फर्काए ।
भेनेजुएलामा शनिबार बिहान भएको खेलको २४औं मिनेटमा रोन्डोनको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ३४औं मिनेटमा रोन्डोनले नै गोल गर्दै भेनेजुएलाको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा ब्रुनो मिरान्डाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
५५औं मिनेटमा डार्विन माचिसले गोल गरेपछि भेनेजुएला सहज जिततर्फ अघि बढ्यो । ६०औं मिनेटमा बोलिभिया १० खेलाडीमा समेटिन पुग्दा भेनेजुएलालाई जितको लागि थप सहज बन्यो । लियोनेल जस्टिनिएनो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
६७औं मिनेटमा रोन्डोनले ह्याट्रिक पुरा गर्दै टोलीलाई फराकिलो जित दिलाए । यो जितसँगै भेनेजुएला १५ खेलबाट १० अंक जोडेर पुछारमै रहेको छ । पराजित बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै दक्षिण अमेरिकी छनोटकै अर्काे खेलमा कोलम्विया पेरुसँग १–० ले स्तब्ध बनेको छ । पेरुको जितमा ८५औं मिनेटमा इडिसन फ्लोरेसले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै पेरु १५ खेलबाट २० अंक जोडेर चौथो स्थानमा उक्लदा पराजित कोलम्विया १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।hamrokhelkud/from



