
देवीदत्त शर्मा
ओली प्रतिगमनविरुद्ध गठबन्धन गरेर सरकार भएकाहरू एमसीसीको पक्ष वा बिपक्ष भएर पालैपालो ओलीको शरण पर्नजानुले राजनीतिक नैतिकताको कसीमा रसातलमा पुगिसकेको एमालेको राजनीतिक भूमिकालाई नै उचो बनाइदिएको छ।
ओलीका लागि एमसीसी आफ्ना अराजनीतिक बालहठ पुरागर्न एउटा सस्तो बार्गेनिङ चिप्स भएको छ।
तर, काँग्रेसले ओलीका माग पुरा गर्नेभयो, त्यसकारण काँग्रेस पनि प्रतिगामी भयो भन्ने नैतिक ठाउँ अब बाँकी हुनेछैन। किनकि त्यत्रो प्रतिगमन गरेर, अझै प्रतिगामी स्वार्थका लागि संसदमा बालहठ देखाइरहेका ओलीलाई काँग्रेस इतरबृत्तबाट प्रधानमन्त्री नै अफर गरिएको घटना पनि लुक्न सकेको छैन।
के ओली एमसीसीबिरुद्ध हुनु सम्भव छ? अनि उनी एमसीसीबिरुद्ध आएभने चाहिँ हिजोको प्रतिगमन पनि ठिक मानिन्छरु प्रतिगामी ओलीलाई दुरदुर गर्दै एकीकृत कम्युनिष्ट आन्दोलनको झण्डा बोकेर जनताबीच जानुपर्ने बेला उल्टै ओलीले दुरदुर गर्दासमेत एमालेसंग मिल्न लालायित हुनेहरूको राजनीतिक नैतिकता के हो?
राजनीति गर्नेले यति त बुझ्नैपर्ने हो, एमसीसी ओलीकै मन्त्र हो। काँग्रेसलाई बिदेशीको केके गुन तिर्नुछ, उ जहिल्यै एमसीसी पक्षमै छ। त्यसैले यी दुबैलाई एमसीसी पक्षधर भएर त्यो पास गर्न एक हुन दिनुमा नै राजनीतिक दृष्टिले माओवादी केन्द्र, एकीकृत समाजवादी वा सबै क्रान्तिकारीलाई फाइदा छ।
हो, सम्झौताले राष्ट्रघात गर्नेछ तर पास गर्ने ठाउँमा राष्ट्रघाती सम्झौता पक्षधरकै बाहुल्यता छ भने तपाईं के गर्नुहुन्छ? कतिपय सम्झौताहरूले राष्ट्रघातीलाई औपचारिक प्रकट पनि गराइदिन्छ। अहिले काँग्रेसएमालेलाई एकसाथ प्रकट हुन दिनुपर्छ।
जनताको तहमा आज एमसीसी बुझ्नेमध्ये असाध्यै कम मात्र यसको पक्षमा छन्। नबुझ्नेहरू त झन सम्पूर्णत नै यसको बिरुद्धमा छन्। देशको दुईचार बर्षको राजनीति तरंगीत हुने यो बिषयको हिसाब अबको चुनाव वा सम्पुर्ण सामाजिक(राजनीतिक आन्दोलनमा अवश्य हुने छ। र, त्यो चेतना यस्ता राष्ट्रघाती सम्झौता खारेज गर्ने तहमा नै बिकास हुने छ।
काँग्रेस र ओली मिल्लान कि? भनेर तथाकथित संकल्प वा ब्याख्या गर्दै वा संसद बहिष्कार गर्दै यही गठबन्धनबाट एमसीसी पारित हुनदिने प्रचारबाजी सत्य हो भने त्यो भन्दा दुर्नामी अर्को हुनेछैन। राष्ट्रियतालाई दाउमा राखेर प्रतिगमन जोगायौं भन्नु अपत्यारिलो र सत्ताभोगी पतनमार्ग मात्र हुनेछ।
त्यसले राष्ट्रियता र समाजवाद पक्षधर आम क्रान्तिकारीहरूलाई बिचलित बनाउने मात्रै छैन, हिजो कतिपय बेला नेतृत्वले लचकताको नाममा देखाएको पतनमार्गलाई बिश्वासपूर्वक ग्रहण गर्नेमाथि अन्तिम घात समेत हुनेछ।(फेसबुकबाट साभार)



