खबर

देउवा सरकारले एमसीसी अनुमोदन गरेर खुलेआम देशद्रोह गर्यो : माओवादी कम्युनिष्ट पार्टी, नेपाल

काठमाडौं । माओवादी कम्युनिष्ट पार्टी, नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारले फागुन १५ गते एमसीसी अनुमोदन गरेर नेपालको इतिहासमा दोस्रो सुगौली सन्धी थोपरेको जनाएको छ । साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर दलाल पुँजिवादी कांग्रेसको नेतृत्वमा खुलेआम देशद्रोह गरेको पनि पार्टीले आरोप लगाएको छ ।

पार्टीका संरक्षक गोपाल किराती र महासचिव रामनारायण पालद्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘एमाले गुटको सरकारले संसदमा पुर्याएको त्यस सम्झौतालाई तथाकथित ब्याख्यात्मक टिप्पणीको प्रपञ्चद्वारा अनुमोदन गराउने माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल तयार भए ।’

देशभक्त जनमत, बौद्धिकवर्ग र केही सांसदहरुको सशक्त आपत्तिलाई कल्चिदै एमसीसी सम्झौता अनुमोदन गर्ने संसद देशद्रोही संसदमा परिणत भएको विज्ञप्तिमा उल्लेख छ ।

खप्पा काण्डको पृष्ठभूमिमा एमसीसी सम्झौता अन्नतः नेपाललाई पनि नेटोमा सामेल गराउने दुस्कर युद्ध रणनीतिमा बदल्न सक्ने उल्लखे गर्दै भारतलाई घुँडा टेकाउँदै चीनलाई घेरा हाल्दै ध्वंस गर्ने अमेरिकी साम्राज्यवादको आतंककारी हिंसा देशभक्त नेपाली सहन नसक्ने उक्त विज्ञप्तिमा जनाइएको छ ।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button