मूल खबर

एमालेलाई नेकपा(एस)को चुनौती

बिर्तामोड । नेकपा(एकीकृत समाजवादी)बिर्तामोड नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाले आज एक विज्ञप्ति जारी गर्दै नेकपा(एमाले)लाई चुनौती दिएकाछन् । चौतारी पोष्ट अनलाइनलाई सिटौलाले प्रेषित गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ता र समर्थकलाई एमालेले प्रलोभन देखाएको आरोप समेत लगाएकाछन् । विज्ञप्तिमा सिटौलाले समाजवादीले गरेको संगठन विस्तारबाट आत्तिएको एमालेलाई राजनीतिक स्वतन्त्रताप्रतिको हक बिरुद्ध कुनै डर र त्रास नदेखाउन सुझाएकाछन् ।
यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी ) अहिले झापाको बिर्तामोड क्षेत्रमा तिब्र रुपमा संगठन निमार्णको अभियानमा रहेको जगजाहेर नै छ । यसैक्रममा झापाका विभिन्न क्षेत्रमा समेत पार्टीका गतिविधि अगाडि बड्दै जादा खासगरि एमालेका नेता तथा कार्यकर्ताले हाम्रो पार्टीमा समाहित भएका कार्यकर्ता तथा जनतालाई सकिन लागेको स्थानीय सत्ताको लोभ, डर देखाउने र जबर्जस्ति गर्ने क्रम बढेको कुरा प्रति हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ । अझ बिर्तामोडमा पार्टी प्रति जनताको तिब्र आकर्षण देखेर आत्तिएका एमालेका नेताहरुले घर घरमा गएर पार्टी छाड्न दबाव दिने देखि विभिन्न लोभ देखाउने गरेको पाइएको छ ।
नेपालको सम्बिधान प्रदत्त मौलिक राजनितिक स्वतन्त्रताको हक विरुद्ध कुनै खाले त्यस्ता हर्कत नगर्न हामी चुनौती दिन चाहन्छौ
यतिबेला हाम्रो पार्टी बिर्तामोडमा लोकपृय बन्दै गएको देखेर सबै वडामा पार्टी र जन संगठनका कमिटी बनेको देखेर आत्तिएकाहरुले दिएको दबावको सामना गर्न र चोटिलो जवाफ दिन आम कार्यकर्ता र जनतालाई आग्रह गर्दछौं ।
शान्तिपूर्ण प्रतिस्पर्धा गर्न पाउने स्वतन्त्रता र हक विरुद्ध थप गतिविधि गरिए त्यसको प्रतिकार गरिने जानकारी पनि यसै बिज्ञप्ति मार्फत दिन चाहन्छौ ।
श्रीप्रसाद सिटौला
अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)
बिर्तामोड नगर कमिटी
२०७८÷११÷१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button