खेलकुद

लियोन र फ्रान्कफुर्टलाई सफलता

एजेन्सी – युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब लियोन र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टले सफलता हात पारेका छन् ।

लियोनले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई उसकै मैदानमा १–० ले पराजित गर्दै महत्वपूर्ण अवे जित निकालेको हो । लियोनको जितमा दोस्रो हाफमा ब्राजिली मिडफिल्डर लुकास पाक्वेटाले गरेको गोल नै निर्णायक बन्यो ।

उनले ५९औं मिनेटमा मौउसा डेम्वेलेको पासमा गोल गर्न सफल भएको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा चान्सेल एमवेम्वाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा पोर्टाे घरेलु मैदानमा पराजित हुन पुग्यो ।

अब दोस्रो लेग १७ मार्चमा लियोनको मैदानमा हुनेछ । पोर्टाेलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि २–० को जितको आवश्यकता पर्नेछ । लियोनलाई बराबरीको नतिजा नै अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ ।

युरोपा लिगकै अर्काे प्रि–क्वाटरफाइनलमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टले स्पेनिस क्लब रियल बेटिसमाथि २–१ को अवे जित निकालेको छ फ्रान्कफुटको जितमा फिलिप कोस्टिक र दाइची कामदाले गोल गरे । रियल बेटिसका नविल फेकिरले एक गोल फर्काए ।

सेभियामा बुधबार राति भएको खेलको १४औं मिनेटमा फिलिप कोस्टिकको गोलबाट फ्रान्कफुर्टले सुरुवाती अग्रता लिएको थियो । ३०औं मिनेटमा नविल फेकिरले बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि दाइची कामदाले गोल गर्दै फ्रान्कफुर्टलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्कफुर्ट विजयी हुन सफल भयो ।

अब दोस्रो लेग फ्रान्कफुर्टको मैदानमा १७ मार्चमा हुनेछ । फ्रान्कफुर्टलाई क्वाटरफाइनल प्रवेश गर्न यही नतिजा पर्याप्त हुनेछ । रियल बेटिसलाई अघिल्लो चरण प्रवेश गर्न नतिजा उल्ट्याउनुपर्ने हुन्छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button