मूल खबर

नेकपा(एस)बिर्तामोडनगर कमिटीले ग¥यो चुनाव जिताउने संकल्प

बिर्तामोड ।

नेकपा ( एकीकृत समाजवादी) बिर्तामोडनगर कमिटीको आज बसेको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यहरुलाई वडा जिताउने सङ्कल्प सहित विशेष जिम्मेवारी प्रदान गरेको छ । पार्टी जिल्ला अध्यक्ष वदराज रेग्मीको प्रमुख आथित्यतामा बैठकले बसेको थियो । बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरको नगरकमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाले चौतारी पोष्ट अनलाइनलाई बताए । ।सिटौलाका अनुसार टोल कमिटी बनाउने सम्म पार्टीको योजना रहको छ ।

उक्त बैठकमा पार्टी प्रदेश कमिटी सदस्य विमल उप्रेती , पार्टी केन्द्रीय सल्लाकार सदस्य नारायण उप्रेती ,समाजवादी प्रेस सँगठन केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख तिर्थ सिग्देलको समेत उपस्थिति थियो । बैठक कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षता र सचिव कृष्ण विष्टले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button