स्थानीय तहको चुनाव जतिजति नजिकिदै छ,उहाँहरुको बोली र व्यवहार पनि लचक बन्दैछ । चुनाव जितेका भोली पल्ट उहाँहरुले हामी अर्थात मतदातालाई चिन्न हुन्न अर्थात हामीसँग हिजो भोट माग्न आउँदा बोलेका बोलीहरु संझनु हुन्न । कुुुुुुुुुुुुुनै दलबाट उहाँहरु चुनावमा उम्मेद्वारका रुपमा उठ्नु हुन्छ अनि चुनाव जितेपछि दलकै प्रतिनिधि बन्नु हुन्छ । कसैले कसैलाई छान्न पाउँछ जो चुनिए पनि आम नागरिक वा जनताको प्रतिनिधि बन्नु पर्ने हो नि तर उहाँहरुमा कताकता दलको राग आउन छोड्दैन । चुनाव आउनु अघि उहाँहरु जति लचकताका साथ प्रस्तुत हुुन्ुहुन्छ यस्तो लाग्छ उहाँहरु ‘नौनी’ नै पो होकि जस्तो लाग्छ। यो भ्रम हामीले होइन उहाँहरुले नै जन्माउनु भएको हो । हिजोका उहाँहरु भोली ठिक उल्टो बन्नु हुन्छ । म र हामीहरु जनप्रतिनिधि बनेका मतदानले भन्ने भन्दा पनि आफैले रातबिरात पढेर लोकसेवा आयोगको परिक्षा पास गरे जस्तो संझनुहुन्छ । लोकसेवा पास गरेर आउने कर्मचारीहरुले पनि जनसेवक बनेर काम गर्नु पर्छ अर्थात राष्ट्रसेवकको रुपमा आफुले जनताको काम गर्नु पर्छ भने चुनावबाट आउने जनप्रतिनिधिले त यो सबै जस मतदाताको हो भन्ने संझेर जनसेवामा लाग्नु पर्ने हो तर त्यसो त्यति धेरै भएको भेटिदैन । चुनाव जितेपछि पाँच वर्ष कसैले हल्लाउन सक्तैन भन्ने दम्भ उहाँहरुमा पर्छ । हामीले धेरै पटक मतदान गरेकाछौँ । पहिला परिक्षण गरेर होइन कुरै सुनेर हो, यसले गर्ला कि भनेर, यसले चै पक्कै गर्छ कि भनेर तर गर्ने धेरै थोरै भए भन्ने धेरै भए ।कतिपयलाई हामीले दिएको मतको सदुपयोग पनि भयो, हिजो बोलेका कुरा कतिले गरेर पनि देखाए तर धेरैले पुरा गरेनन्, पटक पटक हामीलाई भ्रम छरियो, भ्रमकै सपना देखाए । हामीसँग पछुतो बाहेक के नै पो हुन्छ र अनि भन्छौँ ‘लाखेस न फेरि त चुनाव आउँछ नि ’ फेरि चुनाव आउँछ , उनीहरु फेरि फेरिएका जस्तै भएर आउँछन् हामी फेरि अब चै पक्कै हुन्छ भन्ने भ्रममा पर्छौ र उनीहरुले भनेको मान्छौँ फेरि मतदान गर्छौ । अर्थात धेरै पटक हामी कुराको खेतीमा झुक्किएका छौँ ,धेरै पटक हामीले ढाँटको निम्तो खाएकाछौँ तर अझै हामीले चेतेका छैनौँ । पार्टीले उठाएको उम्मेद्वार भन्छौँ , पार्टीले उठाएपछि त भोट हाल्ने प¥यो भन्छन् अनि फेर भ्रममा पर्छौँ र अर्को चुनाव पर्खन्छौँ आखिर कहिले सम्म हामी भ्रमको खेतीका पछि लाग्ने ? हामी हाम्रो भन्दा पनि राम्रो छान्न सक्तैनौँ, कुरा कर्थुने होइन काम गर्ने चिन्न सक्तैनौँ, भन्न भन्दा पनि गर्नेको पहिचान गर्न सक्तैनौँ तब सम्म भ्रमको चुनावी गोलचक्कर भन्दा बाहिर हामी जान सक्तैनौँ । हाम्रो मत पनि त्यो दिन हाँस्छ जुन दिन हामी असललाई छान्छौँ, हाम्रो मतको सदुपयोग त्यो बेला हुन्छ जति बेला हामी हाम्रो भन्दा पनि राम्रोको खोजी गछौँ तर चुनाव आउनु भन्दा अघि सम्म हामी यसै भन्छौँ, जतिजति चुनाव नजिकिदै जान्छ फेर पनि उनीहरु आउँछन् ,उनीहरु भन्छन् अनि हामी मान्छौँ । फेरि पछि भन्छौँ ‘लाखेस न चुनाव त आउँछ ’
0 21 2 minutes read



