खबर

चक्रपथ विस्तार : चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी

काठमाडौं

सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाउँदै त्यसपछि सडक विस्तारका लागि आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको हो ।

चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण सुरु हुन नसकेकोमा अब भने साइट क्लिअरको काम सम्पन्न गर्न लागेको उल्लेख गरेर पत्र लेख्न लागिएको हो ।

आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भू क्षेत्रमा दुईवटा विद्युत्को टावर हटाउनुपर्ने काम बाँकी रहेको जनाउँदै विद्युत् प्राधिकरणले दुई महिनाभित्र हटाइसक्ने पत्र पठाएकाले त्यसैको आधारमा दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाएर पत्र लेख्ने तयारी गरिएको बताएका छन् । उनले प्राधिकरणले डेढ दुई महिनाभित्र विद्युत्को टावर हटाइसक्ने जनाएको बताएका छन् ।  राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button