खबर

काठमाडौंको फोहोर: उठाउने र रोकिने छैन ठेगान

काठमाडौं
सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई लिएर अवरोध भएपछि फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।

काठमाडौं महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले सोमबार सहमति जुटेपछि काठमाडौंको फोहोर उठ्न सुरु भएको जनाएका छन् । ‘तिनपिप्लेका स्थानीयले संघीय सरकारले ठेक्का दिएको सडक पिच नभएको भन्दै १२ दिन सडक अवरुद्ध गरेसँगै सडक पिचको काम सुरु भएपछि फोहोर उठ्न सुरु भएको थियो, फेरि अर्को ठाउँमा अवरोध सिर्जना भएको हो, त्यसमा पनि सहमति भएर फोहोर उठ्न सुरु भएको छ,’ उनले भने । राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button