विचार

मैले बुझेको राजनीति र विकास

विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने परिवर्तनलाई अग्रगामी परिबर्तन हुन्छ भन्ने गरिन्छ । राजनीति त्यो हो जसले कुनै पनि देशमा चलेको शासन, व्यवस्थालाई देश र जनताको पक्षमा हित हुने गरि राज्य सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । तर, आज भोली राजनीतिलाई व्यवसायीकरण गरेको पाईन्छ । देशको विकास भन्दा पनि आफ्नो व्यक्तिगत महत्वकांक्षालाई जसरी पनि पुरा गर्नु पर्र्र्र्र्र्र्र्र्र्र्र्र्छ भन्ने उद्देश्य राखेको जस्तो आभास सर्वत्रे पाईन्छ । विकास भनेको फगत सडकमा टिप्पर र डोजरको पदर्शन, भ्यु टावर र सपिङ्ग सेन्टर, घडेरी बनाउनु, पार्क बनाउनु, पुल बनाउनु, नाला बनाउनु, घर घरमा भत्ता पुराउनु यति मात्र हो त ? सामाजिक रुपान्तरण र सामाजिक न्याय बिनाको भौतिक विकास सम्झने हो भने यो अधुरो र अपुरो कार्य मात्र हुन्छ । यसले प्रगतिशिल समाज निर्माण होईन हामीलाई उपभोक्तावाद तर्फ खिच्ने अलिक बढि काम गर्छ । जबसम्म समाजलाई सम्वृद्ध र सभ्यताको बाटो तर्फ चेतनाको विकास मार्फत डो¥याउन सकिदैन भौतिक विकास केवल संसारिक सुःख भोगका माध्यमका रुपमा मात्र रहन्छ । यसर्थ सामाजिक चेतना विस्तार र एउटा समुदायले अर्को समुदायलाई हार्दिकताका साथ सम्मान गर्न सिकाउने संस्कृतिको विकाश गर्न, जातिय अपहेलना, छुवाछुत, अन्तरजातीय विवाह लगायतका समाज भित्र आजका दिनमा पनि मानवताका विरुद्धमा रहेका कतिपय विभेदका पाहाडहरुलाई सामाजिक मुल्य र मान्यताका आधारमा हामी पहिचान गरेर त्यसको निराकरणका लागि हाम्रो राजनीतिलाई समाजका लागि र जनताका लागि भनेर निस्वार्थ रुपमा जबसम्म लगानी गर्न सक्दैनौं तबसम्म वास्तविक रुपमा राजनीति र समाजको सम्बन्ध टाढा नै रहन्छ । यसर्थ समाज परिवर्तन हुनु भनेको समाजको विकास हो, समाजको विकास हुनु भनेको आम जनताको सर्वपक्षीय विकास हो जसमा प्रत्येक व्यक्ति आफैमा स्वतन्त्र रहेको हुन्छ सँगै उसँग सामाजिक जिम्मेवारी समेत रहेको हुन्छ । यहाँ उठाउनु खोजिएको प्रसङ्ग भनेको मुख्य गरेर राजनीति नै हो, कुनै पनि देशको शांसन व्यवस्था त्यो देशका जनताको हितका खातिर हुनका लागि पनि त्यहाँको राजनीति नै सबै भन्दा बढी जवाफदेही र जिम्मेवार हुन्छ । किन भने राज्य व्यवस्था सञ्चालन गर्ने भनेकै राजनीतिले हो जबसम्म राजनीति जनसेवा र जनमुखी विकासका लागि विश्वास योग्य बन्न सक्दैन तब सम्म त्यहाँको विकास केवल नाममा लागि मात्रै र देखाउनका लागि मात्रै हुन्छ । यसर्थ हाम्रो समाजको विकासका लागि भौतिक विकास एक अनिवार्य भए पनि समाजमा भएका आम मान्यताहरुका विषयमा भने त्यसको परिवर्तन, शिक्षा, चेतना र राजनीतिकै माध्यमले हुने भएकाले राजनीतिकका माध्यमले नै आजका दिनमा पनि समाजमा देखिएको छुवाछुत र जातीय बिभेदका घटनाको न्युनिकरण गर्न सामाजिक सचेतना ब्यापक रुपमा बिस्तार गर्न सकिने तर्फ हामी सबैको ध्यान जान जरुरी छ । एउटा मजदुरको भावना बुझ्न मजदुर नै हुनु पर्दैन, एउटा दलितको भावना बुझ्न दलित नै हुनु पर्दैन उसको भाव बुझिदिए पुग्छ । मजदुरवर्र्र्र्र्र्र्र्र्र्र्र्र्गको सम्झना त चुनावी बेला मात्र आउछँ । समाजका हरेक गलत कार्यहरुमा राजनीतिक संरक्षण पाईन्छ । साँचै नै राजनीति त परिवर्तनको लागि भन्दा आफु चर्चित हुने एउटा माध्यम मात्र जस्तो भएको छ । अझ अहिले त सामाजिक सञ्जालमा नैे एक प्रकारको राजनीति चलेको देखिन्छ । राजनीतिक घोचपेच तथा नकारात्मक पोस्ट् र कमेन्ट बढी देखिन्छ । राजनैतिक संस्कारको स पनि पाइदैन एकआपसको आदरभाव, सम्मान, मूल्यमान्यता, सहमति, सहकार्य भन्ने पाईदैन । अरुको विचारमा सहमत हुन सकौला या नसकौला तर अरुको विचारलाई सम्मान गर्न सक्नु पर्दछ । परिवर्तनको नाममा शुन्य प्रतिशत योगदान भएको, नेताको चाकडी र पुच्छर भएर हिडेकोहरुले अवसरहरु पाउने गर्छन । फोटो खिच्ने बाहेक एक खालका मान्छेको अरु काम नै पो छैन कि जस्तो लाग्छ । अन्त्यमा राजनीति समाज र विकासको बिचको असल सम्बन्धल नै त्यो देशका जनताको भविष्यको निर्धारण गर्ने भएकाले राजनीतिलाई जनसेवा र विकासलाई समाज रुपान्तरणको महत्वपूर्ण विषयका रुपमा लिएर अगाडि बढ्न सकिन्छ भन्ने मेरो व्यक्तिगत बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button