मूल खबर

जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

न्युज अफ नेपाल
काठमाडौँ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको हो।

६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो।

उनी आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका थिए।

गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए। त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो।

प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन।

लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button