खेलकुद

डि मारिया युभेन्ट्समा अनुबन्धित

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । मिडफिल्डर डि मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन् ।

३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै ७ वर्षपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इंग्ल्यान्डको कीर्तिमानी मुल्य ५९.७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि ४४.३ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए ।

पिएसजीमा ७ सिजन बिताएका उनले २ सय ९४ खेलमा ९१ गोलसँगै १ सय ११ असिस्ट दिएका छन् । पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् । जसमा पाँच फ्रेन्च लिग वानको उपाधि रहेको छ ।

२०१५ मा म्यानचेस्टर युनाइटेड जानुअघि डि मारियाले स्पेनिस क्लब रियल म्याड्रिडमा चार सिजन बिताउँदा १९४ खेलमा ३७ गोल गरेका थिए । २००८ देखि अर्जेन्टिनाको टोलीमा रहेका डि मारियाले १२२ क्याप जित्दा २५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यस्तै फ्रान्सेली मिडफिल्डर पउल पोग्वा पनि युभेन्ट्समा अनुबन्ध हुन टुरिन पुगिसकेका छन् । २९ वर्षीय पोग्वा पनि म्यानचेस्टर युनाइटेडबाट फ्रि एजेन्टमा युभेन्ट्समा आबद्ध हुन लागेका हुन् । उनी ६ वर्षपछि युभेन्ट्स फर्कन लागेका हुन् । ६ वर्षअघि युनाइटेडले पोग्वालाई त्यतिबेलाको विश्व कीर्तिमानी ८९ मिलिपयन पाउन्ड खर्चिएको थियो ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button