खबर

तीन दशकमा ७४६ वटा उत्पादनशील उद्योग बढे

काठमाडौं
विगत तीन दशकमा ठुला उत्पादनशील औद्योगिक प्रतिष्ठानको सङ्ख्या ७४६ वटामात्र बढेको छ। हुन त बीचका वर्षहरूमा घटेर फेरि बढेको हुनाले सकारात्मक नै मान्न सकिन्छ तर, २०४९ सालमा ४ हजार २७१ ठुला उत्पादनशील औद्योगिक प्रतिष्ठान रहेकामा २०७६ सालमा ५ हजार १७ पुगेको छ। तर, २०५९ मा ३ हजार २१९ मा झरेर फेरि बढेको हुनाले सङ्ख्या बढेकै मान्न सकिन्छ।

शुक्रवार केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजाअनुसार ठुला उद्योगको सङ्ख्यासँगै यस्ता उद्योगबाट मूल्य अभिवृद्धि तथा उद्योगमा संलग्न व्यक्तिहरूको सङ्ख्या एवं रोजगारीमा पनि केही वृद्धि भएको पाइएको छ। उत्पादनशील ठुला उद्योगबाट सवा २ खर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि भएको छ। कारोबार दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button