मूल खबर

‘मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थमा आउँदैन’

काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समन आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थ र चाहनामा नभई अर्थतन्त्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्ने गरी ल्याइने उनले स्पष्ट पारेका छन् । समग्र अर्थतन्त्रलाई जोगाउनु मौद्रिक नीतिको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गभर्नर अधिकारीले भने, ‘कुनै पनि नीति महाप्रसादलाई के लाग्यो वा तपाईंहरुलाई के लाग्यो भनेर आउने होइन, मुलुकको अवस्थालाई हेरेर आउने हो । त्यसैका लागि हाम्रो टेक्निकल टिमले काम गरिरहेको छ ।’ उद्योगी-व्यवसायीले आफ्ना माग समेट्न खोज्नु स्वाभाविक भए पनि अहिलेको अवस्थामा व्यवसायीका माग पूरा गर्न सम्भव नभएको उनले स्पष्ट पारेका छन्।  कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button