खबर

सलमान रुस्दी भेन्टिलेटरमा ‘बोल्न नसक्ने अवस्थामा’

तस्बिर स्रोत,GETTY IMAGES
अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे ‘जानकारी सुखद नरहेको’ उनका प्रतिनिधिले बताएका छन्।

उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए। अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्।उनले रुस्दीले एउटा आँखा गुमाउन सक्ने समेत बताए।

सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट मृत्युको धम्की खेपिरहेका छन्।

प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।

न्यूयोर्क प्रहरीले ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कको सटोअक्ल्वा इन्स्टिच्युसनमा हमला गरेको जनाएको छ।

हमलापछि उनलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो।
“सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ; उनको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन,” उनका एजेन्ट वायलीले भनेका छन्।प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन।

प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ।

रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन्।उनलाई हेलिकोप्टरमा अस्पताल लगिएको थियो।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो।तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पार्‍यो।BBCNEPALI.COM

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button