मूल खबर

झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट स्कुटर चलाउँदै गरेकी महिलाको निधन

सांकेतिक तस्विर

काँकरभिट्टा। झापाको मेचीनगरमा जंगली हात्तीले आक्रमणमा एक महिलाको निधन भएको छ । मेचिनगर नगरपालिका वडा नं ९थोप्लेविरान सामुदायिक वन स्थित भित्री सडक खण्डमा मे ७ प २०४६ नं को स्कुटी चलाउँदै गरेकी सम्झना श्रेष्ठलाई आज साँझ जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा आम्दा अस्पताल धुलाबारीमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button