सृजनाको चौतारी

अनि ऐनाले भन्यो

कविता
जी एन शर्मा

एक फेर फेरि जिन्दगीलाई हेर्न मन लाग्यो
ठिकठाक नै जस्तो लाग्यो
उही पुरानो ऐनलाई अघि सारेँ, ऐना अगाडि आयो
मैले पहिला ऐनालाई भनेँ
म त काललाई पनि पटकपटक उल्टी चुँ कुदाउने मान्छे हुँ नि
राम्ररी हेर मलाई, जस्तो छु उस्तै देखाउनु मलाई
ऐनले हुन्छ भन्यो
ऐनाले भन्यो —तँ जस्तो हो उस्तै देखाउँने छु
मान्छेको सराप र आर्शीवादले नछोएको मान्छे हुँ भनेँ
ऐनाले— हुन्छ भन्यो
मैले भनेँ — अब जस्तो छु उस्तै देखा
ऐना अलमलमा प¥यो
उ साँच्चै अलमलमा परे जस्तो लाग्यो
मैले फेरि भनेँ—म हुँ नि ‘म’ झुक्कीएको त छैनस ?
ऐनाले मुण्टो हल्लाउँदै भन्यो — म पनि त त्यही ऐना हुँ नि
मैले भनेँ— ल मजाले हेरेर भन
ऐनाले भन्यो — ममा देखिने ‘तँ’ जिन्दगी होस कि ‘तँ ’मा देखिने ‘तँ ’जिन्दगी होस
जिन्दगी त म हुँ , तर तँबाट म देखिन खोजेको छु
अनि ऐनाले मलाई देखायो
ऐनाले मलाई यस्तै देखायो
जे देखिनु पर्नेहो जिन्दगीमा त्यहीत्यही नै देखायो
मैले मलाई छामे भन्दा पनि गजबले देखायो
ऐनालाई मैले एकोहोरो हेरि रहेँ
उसले पनि मलाई देखाउँदै लग्यो
जे हो जिन्दगी त्यही देखायो
जे मैले हेर्दै गएँ त्यही थियो जिन्दगी
आफुले आफैलाई चिथोरे भन्दा पनि मजाले देखायो
आफुले आफैलाई चिमोटे भन्दा पनि प्रष्ट देखायो
मैले भन्दैँ गएँ — म रोएको पनि छु हाँसेको पनि छु
मैले गाएको पनि छु नाचेको पनि छु
धेरै पटक हारेको छु थोरै पटक जितेको छु त्यो पनि देखा नि
ऐनाले हुन्छ भन्दै गयो
मैले मलाई भेटे भन्दा पनि नजिकबाट देखायो
मैले मलाई बुझेको भन्दा पनि राम्ररी बुझायो
हाँसेको , रोएको अनि रमाएको पनि देखायो
ऐनाले छलकपट नगरि जस्तो हो जिन्दगी त्यस्तै देखाउँदै गयो
अनि ऐनाले भन्यो— मिल्दैछ जिन्दगीको तस्विर ?
मैले भन्दै गएँ— मिल्दै छ मिल्दै छ
पीर र पीडा पनि मिलेकाछन, उल्लास र उत्सव पनि मिलेकैछन्
अनि ऐनाले भन्यो— अझै देखाउँ छु हैत
मैले भनेँ— भो अहिलेलाई यति नै काफि छ
अर्को भेट सम्म तँ न फुट्नु है
किनकी फेरि जिन्दगीको एक फेर तँबाटै हेर्ने मेरो धोको छ
जतनले बस्नु है ऐना मैले जहाँ राखेको त्यहीँ नै
ऐनाले मुण्टो हल्लाएर भन्यो— हुन्छ हुन्छ तँ पनि त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button