
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहको आगामी भारत भ्रमणमा नेपाल–भारत सीमा विवादलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्। प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाउँदै पोखरेलले नेपालको सार्वभौमिकता र सीमा अधिकारको पक्षमा दृढ अडान राख्नुपर्ने बताएका छन्। साथै प्रधानमन्त्रीको राजनीतिक कार्यशैली र प्रतिपक्षीसँगको संवादहीनतामाथि पनि उनले आलोचना गरेका छन्।



