
एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले आर्थिक अनुशासन तोडेको भन्दै युरोपका शीर्ष ५ लिग र अन्य लिगका गरी ८ क्लबलाई जरिवाना गरेको छ ।
युइएफएले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्से र मोनाकोलाई जरिवाना गरेको हो । यि आठ क्लबले फेयर प्ले नियम तोडेको आरोपमा जरिवाना गरेको छ ।
पिएसजीलाई यूईएफएले विना कुनै शर्त ८.६ मिलियन पाउन्ड जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै उसले भविष्यमा ५६.३ मिलियन पाउन्ड बुझाउनुपर्ने बताइएको छ । पिएसजीले पछिल्लो तीन वर्षमा आम्दानीको तुलनामा खर्च बढी गरेको पाइएको छ ।
पिएसजीसँगै यि ८ क्लबले १४९ मिलियन युरो युइएफएले जरिवानास्वरुप बुझाउनुपर्नेछ ।युइएफएका अनुसार क्लबहरुलाई आम्दानीभन्दा धेरै खर्च गर्न नपाउने नियम छ । तर, नियम उल्लंघनको आरोपमा उक्त क्लबहरुलाई जरिवाना गरिएको हो ।
यस्तै युइएफएले थप १९ क्लबलाई निगरानी गरिरहेको भन्दै चेतावनी दिएको छ । जसमा चेल्सी, लेस्टर सिटी, म्यानचेस्टर सिटी, वेस्ट ह्याम र रेन्जर्सलगायतका टोली छन् ।
खेलाडी अनुबन्ध भन्दा भुक्तानीमा नियमभन्दा बढी खर्च गरेको आरोपमा यि क्लबमाथि कारवाही भएको हो । कारवाहीस्वरुप यि सबै क्लबले आर्थिक जरिवाना तिर्नुपर्नेछ । यस कारवाहीमा क्याटलान क्लब बार्सिलोना भने छैन ।
आर्थिक संकटमा फसेर पनि यो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको बार्सिलोनाले उत्तिकै मात्रामा खेलाडीलाई बाहिर पठाउँदै कारवाहीबाट बच्न सफल भयो । बार्सिलोनाले यो समरमा ८ नयाँ खेलाडी अनुबन्ध गरेको छ ।हाम्रो खेलकुदबाट ।



