सृजनाको चौतारी

जनताको अदालत

गजल

सबै भन्दा ठुलो जनताको अदालत हुन्छ,
निर्णयपनि एकदिन त सतप्रतिशत हुन्छ।

मान्छेले धन पैसाकै लागि इज्जत गुमायो,
तर ,अमुल्य गहना मानवको इज्जत हुन्छ।

लोभले लाभ लाभले बिलाप भएको हुँदा,
अन्तिम त्यही मुल्यांकनको जरूरत हुन्छ।

वर्तमानमा लिएकै निर्णयले भविष्य बन्यो,
तर, शिक्षा लिनुपर्ने राम्रो स्रोत विगत हुन्छ।

सरकारकै योजनाले सधै राष्ट्रघात हुनेहुँदा,
आफ्नो यही मन मुटु पोलेर भतभत हुन्छ।

सधैभरी यस्तै रहिरहने छैन मित्र ब्यबस्था,
एक दिनयसको नास पनि हकिकत हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button