
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।कोलोम्वोमा सोमबार भएको खेलमा श्रीलंकालाई ५–१ ले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो ।
बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई तथा मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्धीनले समान एक गोल गरे । श्रीलंकाका यासिर शर्फराजले एक गोल फर्काए । जितसँगै समूह ’ए’ को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।
मंगलबार नै नेपाल सम्मलित समूह ‘बी’ मा भारतले भुटानलाई ३–० ले हराएको छ । भारतको जितमा थाङलासन गांग्लेले २ तथा भालापेका गुटीले १ गोल गरे ।
नेपालले बुधबार भुटानसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल भने शुक्रबार हुनेछ । अर्को समूहमा बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन् ।



