खेलकुद

प्रिमियर लिगको यो साताको खेल स्थगित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण प्रिमियर लिगको खेलहरु स्थगित गरिएको हो ।

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको छ।

प्रिमियर लिगमा यो साता सातौं राउन्डको खेल तय भएको थियो । यो साता प्रिमियर लिगमा फुलहम र चेल्सी, बर्नमाउथ र ब्राइटन, लेस्टर सिटी र एस्टन भिल्ला, लिभरपुल र वल्भ्स, साउथह्याम्टन र ब्रेन्टफर्ड, म्यानचेस्टर सिटी र टोटेनहम, आर्सनल र एभर्टन, वेस्टह्याम र न्यूक्यासल, क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेड तथा लिड्स र नटिङघम फरेस्टबीच खेल हुने तालिका थियो ।

प्रिमियर लिगको छैटौं चरणको खेल सकिदा आर्सनल १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । आर्सनललाई म्यानचेस्टर सिटी र टोटेनहमले पछ्याइरहेको छ । लेस्टर १ अंक जोडेर पुछारमा छ ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button