मूल खबर

दार्चुला अपडेट : बाढीपहिरोमा परी ५ जनाको मृत्यु ९ जना बेपत्ता

newsofnepal

किरन धामी
दार्चुला । बाढीपहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ, भने ९ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना नौगाड–२ का मोहन पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बाढीपहिरोमा परी बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना नौगाड–२ दल्लेकका ४० वर्षीया मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ । यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु बेपत्ता भएका छन् ।

यस्तै बाढीका कारण महाकाली नगरपालिका–४ का लालसिंह धामीको ३ तले पक्की घरमा आंशिक क्षती भएको छ भने २ वटा नम्बर नखुलेको बोलेरो जिप बगाएको छ । यसैगरी सोही ठाउँ बस्ने अम्मर महरा, पदम सिंह महरा, कलावती पार्की, अमर पार्की, सरस्वती लुहार, करन पार्की, राजेन्द्र धामी, वीरसिह कामी, दशरथनगर आधारभुत विद्यालयको भवनमा आंसिक क्षति पुगको प्रहरीले जनाएको छ ।

यस्तै दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ भने लास्कु खोलामा आएको बाढी र पहिरोले महाकाली नदी थुनिएर ताल बनेको छ । महाकाली नदी थुनिदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा परेको छ ।

बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय लगायतले खोज तथा उद्दार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button