मूल खबर

वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए

काठमाडौं
सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किएका छन्।

वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडी रोकिएका छन् । ती गाडीको पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती भएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डले बताएको छ। आईसीपीमा गाडीको चाप थपिँदै गएकाले अहिलेका लागि ३०० गाडी अटाउने पार्किङस्थल बनाउन लागिएको बोर्डको वीरगञ्ज प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नयाँ पार्किङ बनेपछि गाडीको चाप व्यवस्थापन सहज हुने विश्वास प्रमुख ज्ञवालीको छ । ‘आईसीपीमा भित्रिएका गाडी पास हुन सकेका छैनन्,’ ज्ञवालीले भने  आर्थिक अभियान दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button