भिडियो चौतारी

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २७ औँ साधारण सभा सम्पन्न (फोटो फिचर तथा संस्थाको संक्षिप्त जानकारी सहितको भिडियो सहित)

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । खानेपानीको सभा हलमा सम्पन्न सो साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष राजकुमार पराजुलीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए भने विशिष्ठ अतिथिमा संघीय खानेपानी आयोजना इन्जिनियर सुजित कुमार महतो रहेका थिए ।

साधारण सभामा संस्थाको प्रतिवेदन अध्यक्ष पराजुलीले वाचन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संस्थाका कार्यसमितिका पदाधिकारीहरु र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीको रुपमा यामप्रसाद पोखरेल र नियमित महशुल बुझाउने ग्राहकहरु टीका थापा, सानुमायाँ चौलागाँई र टीकाराम कट्टेललाई सम्मान समेत गरिएको थियो ।संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन सचिव दीलिपजङ्ग सुव्वाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button