खेलकुद

नेपोलीको १३ अंकको अग्रता

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले १३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । आइतबार राति रोमालाई २–१ ले पराजित गरेपछि नेपोलीले १३ अंकको स्पष्ट अग्रता लिँदै उपाधि होडलाई थप मजवुत बनाएको हो ।

घरेलु मैदानमा नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गरे । रोमाका स्टेफन अल सारावेले एक गोल फर्काए ।

डिएगो अर्मान्डो म्याराडोना रंगशालामा नेपोलीको खेलको १७औं मिनेटमा भिक्टर ओसिमहेनको गोलबाट अग्रता लिन सफल भयो । ७५औं मिनेटमा स्टेफन अल सारावेले बराबरी गोल फर्काए । त्यसपछि ८६औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै नेपोलीको जित पक्का गरे ।

यस जितसँगै नेपोलीको २० खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानको इन्टर मिलानको ४० अंक छ । पराजित रोमा ३७ अंक जोडेर छैटौं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button