खबर

धनुषा प्रहरीको हिरासत कक्षबाट फरार भएका छ मध्ये चार थुनुवा पक्राउ

सुरेन्द्र यादव
जनकपुरधाम
धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ थुनुवा मध्ये ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा क्षिरेश्वरनाथ नगरपालिका( ५ का ३५ वर्षीय विनोद कुमार शर्मा,मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन्।

लागूऔषध मुद्दाको आरोपित बिनोदलाई मिथिला(१० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा गएराति पक्राउ गरिएको धनुषा प्रहरी प्रबक्ता एवं नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए।

अभद्रव्यबहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दामा थुनुवा परेको हरिदिप मंगलबार राति पक्राउ परेको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए । यस्तै सोही मुद्दाका आरोपित अमितलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेका हुन्।त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ पक्राउ गरेको थियो।गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रम जारी राखेको जनाएको छ।अन्य दुईजनाको खोजी कार्य समेत जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button