
फाइल तस्बिर
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन्।
नेपाल बुद्धिजीवि परिषद्ले आयोजना गरेको मिसन ग्रासरुस अनुभवन र सिकाइ विषयक अन्तक्रिया कार्यक्रममा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका हुन्।
अहिलको चुनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहँदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातिक तर्फ थ्रेसहोल्डका कारण ४५ प्रतिशत सिट प्राप्त गर्न सकिने उनले बताए।
पोखरेलले एमालेका जनप्रतिनिधिहरूको भूमिका प्रभावकारी हुन सक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधिहरूको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने जिकिर गरे।
त्यस्तै उनले आधारभूत आवश्यकता पुरा भएका जमातलाई प्रमुख पार्टीबिरुद्ध भड्काउने प्रवृतिका कारण वैकल्पिक भन्नेहरूले स्थान पाएको धारणा राखे।
पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उद्देश्यका साथ पार्टीलाई बलियो बनाउँदै अघि बढाउन मिसन ग्रासरुस प्रभावकारी हुने जिकिर गरे।अन्नपूर्ण पोष्टबाट ।



