

डडेल्धुराको रोह-खोलामा शेरबहादुर देउवा नाम भएका दर्जनभन्दा बढी ब्यक्ती छन । शेरबहादुर भन्यो भने फलानोको छोरा वा फलानो-घरे भनेर ” एलाबोरेट ” नगरे झुक्किइने । कहाँसम्म पनि भयो कि , ने.का. सभापति र शेरबहादुर देउवा अस्तिको स्थानीय चुनावमा भोट हाल्न जाँदा कर्मचारीहरु आत्तिएर अर्कै शेरबहादुर देउवाको नाममा रेजा लगाएर मतपत्र दिएका थिए । त्यो बेला प्रधानमन्त्री रहेका देउवा बुथमा पुगेपछि बुथमा खटिएका कर्मचारी हड्बडिए , उनले भोटरलिष्टको फोटो , बाबुको नाम , उमेर आदिको कोलममा हेरेर ” कन्फर्म ” नगरी नै पहिले भेटिएको शेरबहादुर देउवा नाममा नै रेजा लगाएर मतपत्र दिए । स्वाभाविक रुपमा देउवाले भोट हाले र बुथबाट हिंडे । केही समयपछि आएका ” वास्तविक ” शेरबहादुर देउवा आफ्नो नाममा रेजा लागेको र आफ्नो नामबाट अर्कैले भोट हालिसकेको देखेपछि छक्क । उनी होहल्ला गर्नै लागेका थिए , बुथका कर्मचारीहरुले यथार्थ कुरा बुझाइपछी , प्रधानमन्त्रीको नामबाट उनले भोट हाल्ने भए । अर्को शेरबहादुर देउवाको नाममा रेजा लगाइयो र उनलाई मतपत्र दिइयो । तर , अचम्म , उनलाई मतपत्र दिदा रेजा लगाइएको नाम पनि पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम थिए । भोटरलिष्टमा दर्जनभन्दा एउटै नाम ” शेरबहादुर देउवा ” भएपछिको अलमल थियो त्यो ।
शेरै शेर भएको गाउँ मेरो रोह- खोलाका एउटा शेर ” साहुखर्कका खिर बाजे ” को देहावसान भएको खबरले मर्माहत गर्यो । पहाडतिर जाँदा वहाँको मा धेरैपटक खिर खाएको सम्झना छ । वहाँ प्रती हार्दिक श्रद्धाञ्जली बाजे !
नाती
सुरेन्द्र देउवा सुरी



