
काँकरभिट्टा। होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसायका क्षेत्र योगदान पुर्याएका विभिन्न व्यक्तिलाई आजसम्मान गरेको छ ।
काँकरभिट्टा खानेपानीसंस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै संघले दर्जन बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो ।
काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी यस क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सीता राई, लोकमाया सुब्बा, मेग बहादुर पौडेल, घनश्याम कार्की , नरदेवी गुरुङ, ज्ञानु लामा, कमला सुब्बा, सुनमाया तामाङ, माइली तामाङ, रुकमणी प्रधान लगायतलाई सम्मान गरेको हो ।
यसैगरी संघले गौरीलाल श्रेष्ठ, प्रेम नारायण श्रेष्ठ र श्याम कार्कीको योगदानलाई स्मरण गर्दै मरणोपरान्त सम्मान समेत गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभासदस्य गोपाल तामाङ, विशिष्ठ अतिथी कोशी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य लगायतले खदा तथा सम्मान पत्र प्रदान गरेका थिए ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हस्तकुमार तामाङले गरेका थिए ।



